सुनचाँदीको मुल्य उच्च, कति पुग्यो तोलामा ?

काठमाडौं, असोज ५ । सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य प्रति तोला २ लाख १७ हजार १०० रूपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मको उच्च मुल्य हो । शुक्रबार प्रति तोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलामा २ हजार ५८० मा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय