Kath Khabar
सुनको मूल्य आज अहिलेसम्मकै सबैभन्दा महँगो

                       काठमाडौं, असोज ६ । सुनचाँदीको मूल्य आज फेरि हालसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम भएको छ । गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो । 

आज सुन ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो  । 

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ६५० रुपैयाँ पुगेको छ । आइतबार २ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update