Kath Khabar
प्रतितोला १७ सय रूपैयाँले घट्याे सुनकाे मूल्य

                            काठमाडौं, असोज ९ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १७ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

जसअनुसार, आज सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला २ लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियाे ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला १५ रूपैयाँले बढेर २ हजार ६८५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार २ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।  

 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update