तोलामा १२ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं, असोज १० । आज शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ ।
हिजो रु १७ सयले घटेको सुन आज तोलामा १२ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । जसअनुसार आज सुन तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदी शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ मा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय