Kath Khabar
सुनको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा ?

                           काठमाडौं, असोज २१ । सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ ।

सोमबारको तुलनामा आज सुन तोलामा २३०० ले बढेर रु २ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  सोमबार सुन २ लाख ३३ हजार १०० मा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार २ हजार ९६० मा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update