सुनको मूल्य दुई लाख ४० हजार नजिक

काठमाडौं, असोज २२ । सुनको मूल्य बढेर करिब २ लाख ४० हजार नजिक पुगेको छ ।
आज स्थानीय बजारमा सुन प्रतितोला रु २६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर २ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार २ हजार ९६० मा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२ १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय