सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, असोज २३ । आज सुनचाँदीको मूल्य बढेर अहिलेसम्मकै उच्च मूल्य रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले बढेर २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । बुधबार सुन प्रतितोला २ हजार ६०० रुपैयाँले बढेको थियो । गएको आइतबारदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनिरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ६५ रुपैयाँ बढेर आज चाँदीको मूल्य प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय