सुनको मूल्यमा भारी गिरावट, चाँदी भने बढ्यो

काठमाडौं, असोज २४ । लगातार बढिरहेको सुनको मूल्यमा आज भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैचाेटी ४ हजार २०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तीन हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ १२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय