
काठमाडौं, असोज २४ । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै बन्धक भएका जिवित र मृतकको सूची सार्वजनिक हुँदा समेत विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।
इजरायल र हमासबीच करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको छ । अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा पनि उल्लेख छ ।
हमासले जीवित २०, मृत २६ र अज्ञात २ गरी ४८ जना बन्धकको नाम सार्वजनिक गरेको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीसहित दुई जनाको नाम छैन । सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति ’अज्ञात’ भनिएको छ । सहमति अनुसार हमासले बन्धकहरू छोड्ने र त्यसको सट्टामा इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ ।
गाजामा हाल ४८ जना बन्धक हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । तिनमध्ये करिब २० जना जीवित रहेको द न्यूयोर्क टाइम्स ले बिहीबार शान्ति वार्तासँग नजिक स्रोतलाई बताएको छ । अमेरिकाको २० बुँदे शान्ति योजनाको पहिलो चरणअन्तर्गत युद्धविराम छिटै लागू हुने र सोमबारदेखि हमासले इजरायली बन्दीहरूलाई रिहा गर्न शुरु गर्ने अपेक्षा गरिएको छ ।