Kath Khabar
भारतमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँएर भएकाे दुर्घटनामा ११ जनाको निधन

                        नयाँ दिल्ली, कात्तिक १९ । भारतमा मङ्गलबार राति एक यात्रुवाहक रेल र मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको निधन भएको छ ।

बिलासपुर र गतौरा स्टेशनबीच भएको भीषण रेल दुर्घटनामा अहिलेसम्म पाइलटसहित ११ यात्रुको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ । दुर्घटनामा करिब २० जना यात्रु घाइते भएको प्रारम्भिक विवरणमा जनाइएको छ । सबैलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ । 

छत्तीसगढको बिलासपुरमा कोरबा यात्रुवाहक रेल र मालगाडी (सामान ढुवानी गर्ने रेल) बीच भीषण ठक्कर भएको थियो । ठक्करको प्रभाव यति भीषण थियो कि यात्रु रेलको एउटा बोगी मालगाडीको एक वागनमाथि चढेर अड्किएको रेल अधिकारीहरूले जानकारी दिएका छन् । तर यो दुर्घटना कसरी भयो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । 

भारतीय रेलका अनुसार, मेमू ट्रेन नं. 68733 गेवरा रोड र बिलासपुरबीच चल्ने रेल हो । यो रेल गटोरा स्टेशनबाट दिउँसो ३:५० बजे प्रस्थान गरेको थियो, जुन दुर्घटनास्थलबाट करिब ४ किलोमिटर टाढा पर्छ।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा विमानस्थलको दक्षिणी क्षेत्रमा तीव्र आगो र जलिरहेको भग्नावशेष देखिएको छ ।  रेल प्रशासन र राज्य सरकारले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् र पीडित परिवारहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update