सुनको मुल्यमा नयाँ रेकर्ड, एकैदिन तोलाकै दुई लाख ४८ हजार पाँच सय पुग्याे

काठमाडौं, असोज २८ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार सुनको मूल्य आज प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेकाे छ । सोमबार प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२ १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय