Kath Khabar
सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

                          काठमाडौं, असोज २९ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

 जसअनुसार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update