काठमाडौं, असोज २९ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली विद्यार्थी बिपिन जोशीको मृत्युमा गहिरो शोक व्यक्त गर्दै राष्ट्रले उनकाे त्याग र बहादुरीलाई कहिल्यै बिर्सन नसक्ने बताएकी छिन् ।
मंगलबार एक शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले दुई वर्षको अटुट आशा र उनको रिहाइको लागि सामूहिक प्रार्थना पछि पुष्टि भएको जोशीको मृत्युको खबरले स्तब्ध दुःखी बनाएकाे बताइन् । उनले यस कठिन समयमा उनका शोकसन्तप्त परिवार र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन् ।
“उनी अब हामीसँग नभए पनि, ती अन्तिम क्षणहरूमा उनको अभूतपूर्व साहस, बहादुरी र निस्वार्थताले हामीलाई सधैंभरि कृतज्ञ बनाएको छ, उनको यो वीरतापूर्ण कार्य, उनको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।" विज्ञप्तिमा भनिएको छ ।