Kath Khabar
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै

                  काठमाडौं, कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । 

सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन उनी कतार जान लागेका हुन् । सम्मेलन कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुदैछ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update