Kath Khabar
धर्ना, जुलुस र प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न गृह मन्त्रालयको आग्रह

                     काठमाडौं, कात्तिक ८ । गृह मन्त्रालयले हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण जनाउँदै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता व्यक्त गर्दै धर्ना र जुलुस नगर्न आग्रह गरेको हो। ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले सबैको जायज माग र सरोकार सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको दोहोर्‍याउँदै, आन्दोलन नगरी वार्ता र संवादका माध्यमबाट मागहरूको विधिसम्मत समाधान खोज्न सबैमा अनुरोध गरेको छ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update