Kath Khabar
दुई लाख ५० हजार कट्यो सुनको मूल्य

                    काठमाडौं, असोज ३० । नेपाली बजारमा आज सुनको मूल्य बढेर दुई लाख ५० हजार कटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ ।  बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update