Kath Khabar
सुनको मूल्य एकैदिन तोलामा ७ हजार १०० रुपैयाँले बढ्यो

                       काठमाडौं, असोज ३१ । आज सुनको मूल्य एकैदिन तोलामा ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक तोलाको २ लाख ५८ हजार पुगेको छ । बिहीबार सुन प्रतितोला ५० हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update