Kath Khabar
एकैदिन चार हजार आठ सय रुपैयाँ घट्यो सुनको मूल्य

                             काठमाडौं, कात्तिक २ । लगातार बढेको सुनको मूल्य आज घटेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला ४,८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update