सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं, कात्तिक ९ । साताको पहिलो दिन आइतबार आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ११ हजार ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार आज छापावाल सुनको मूल्य आज तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २ सय ६५ रुपैयाँले घटेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत कात्तिक ३ गते चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

