Kath Khabar
आज पनि सुनको मूल्यमा गिरावट

                                         काठमाडौं, कात्तिक १० । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । 

आज सोमबार सुनको भाउ तोलामा रु दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा ३५ रुपैयाँले घटेको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update