Kath Khabar
तोलामा २९०० रुपैयाँले घट्याे सुनको मूल्य

                          काठमाडौं, कात्तिक ११ । सुनको मूल्यमा गिरावट आएको छ । आज बजारमा सुनको मूल्य तोलामा रु २ हजार ९०० रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३७ हजार  रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलाको २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update