काठमाडौं, कात्तिक १५ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ ।
नेपालले जितका लागि दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपाल आइसिसी पुरुष विश्वकप लिग-२ को त्रिकोणात्मक शृंखलामा लगातार तेस्रो खेलमा पराजित भएको छ ।
नेपालका बलर नन्दव यादव महँगा सावित भए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएको खेलमा नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदा २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । अमेरिकाका लागि दुई खेलाडीले अर्धसतक बनाए। अमेरिकाका मिलिन्द कुमारले ७० र साइतेजा मुक्कामालाले ७५ रन बनाए। यस्तै शायन जहाँगिरले ३६ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए।

