प्रतितोला रु ७०० रूपैयाँले बढ्याे सुनकाे मूल्य
काठमाडौं, कात्तिक १६ । साताको पहिलो दिन आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० रुपैयाँले बढेको छ । जसअनुसार आज सुन प्रतितोला सुन २ लाख ३९,७०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ३९,००० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे दिन चाँदी प्रतिताेला रू ३ हजार ६० रुपैयाँमा काराेबार भएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

