सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, कात्तिक १९ । आज पनि स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा रु २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा २५ रूपैयाँले घटेर २ हजार ९९० रूपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा ३ हजार १५ रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

