Kath Khabar
अभिनेता  निश्चल बस्नेतलाई मातृशोक

                             काठमाडौं, कात्तिक १९ । अभिनेता  तथा निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । बुधबार बिहान बस्नेतकी ७१ वर्षीया आमा अमृता बस्नेतको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि बिरामी उनको नियमित रूपमा डायलाइसिस भइरहेको बताइएको छ । पछिल्ला दिनमा उनलाई निमोनियासमेत भएको थियाे ।  उनको अन्त्येष्टि आज नै सम्पन्न गरिने परिवारले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update