काठमाडौं, कात्तिक २१ । आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन् ।
लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २’ कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर सिनेमा ‘जारी’को सिक्वल फिल्म हो । रामबाबु गुरुङ निर्माण रहेको चलचित्रले माओवादी द्वन्द्वको समयमा एक दम्पतीको जीवनमा आउने उतारचढावको कथालाई चित्रण गरेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सद्वारा निर्माण गरिएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारहरुले अभिनय गरेका छन् चलचित्रले पहिलो दिन नेपालभर २६९ भन्दा बढी शो पाएको निर्माण पक्षले जनाएकाे छ ।
यसैगरी, आजदेखि नै बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर तयार पारिएको चलचित्र ‘मन बिनाको धन’ प्रदर्शनमा आएकाे छ । टंक बुढाथोकीकाे निर्देशनमा बनेकाे ‘मन बिनाको धन’ गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्ममा साथ दिदै वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गरेका छन् ।
चलचित्रमा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारकाे अभिनय रहेको छ ।
चलचित्रलाई जाँच पास समिति (सेन्सर बोर्ड) ले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको छ । यस चलचित्रले नेपालभर पहिलो दिन ९५ बढी शो पाएको निर्माण पक्षले जानकारी दिएका छन् ।

