Kath Khabar
सामान्य बढ्यो सुनचाँदीको मूल्य

                                    काठमाडौं, कात्तिक २१ । आज शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु ६०० रुपैयाँ बढेको हो । 

जसअनुसार आज छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर ३ हजार २० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update