Kath Khabar
सुनको मूल्य सामान्य बढ्याे

                          काठमाडौं, कात्तिक २२ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

आज सुन तोलामा २ सयले बढेर २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य भने ताेलामा रू चाँदी ५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update