फेरी बढ्यो सुनचाँदीको भाउ
काठमाडौं, कात्तिक २४ । नेपाली बजारमा आज सुनको भाउ फेरी बढेको छ ।
आज सुन तोलामा एकैपटक २ हजार ९०० रुपैयाँ बढेको छ । जसअनुसार आज सुन २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

