एकैपटक चार हजार नौ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य
काठमाडौं, कात्तिक २५ । लगातार वृद्धि भएको सुनको मूल्य आज झन एकैपटक चार हजार नौ सय रूपैयाँले बढेको छ ।
जसअनुसार सुन २ लाख ४६ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ४१ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले बढेर ३ हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

