Kath Khabar
लगातार बढिरहेको सुनको मूल्य आज घट्याे

                      काठमाडौं, कात्तिक २६ । लगातार बढिरहेको सुनको मूल्य आज बुधबार घटेको छ ।

आज सुन प्रतितोला २१ सयले घटेर २ लाख ४४ हजार ३०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार सुन ४ हजार ९०० रुपैयाँले बढेर २ लाख ४६ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर ३ हजार १७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update