फेरि साढे दुई लाख नाघ्यो सुनको मूल्य
काठमाडौं, कात्तिक २७ । सुनको मूल्य फेरि साढे दुई लाख नाघेको छ ।
आज सुनको मूल्य एकैपटक तोलामा रु ५ हजार ९०० ले बढेर २ लाख ५० हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला रु २ लाख ४४ हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा रु १७० ले बढेर प्रतितोला रु ३ हजार ३४५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

