थोरै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, कात्तिक २७ । आज शुक्रबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । हिजो बिहीबार एकैचोटी तोलामा ५ हजार ९०० ले बढेको सुनको मूल्य आज रु ५०० ले घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ताेलामा ६० रूपैयाले घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी ३ हजार तीन सय ४५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

