पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौं, कात्तिक ३० । नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ लगायत पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

