Kath Khabar
एकैपटक तोलामा रु ६ हजार ९०० ले घट्याे सुनको मूल्य

                          काठमाडौं, कात्तिक ३० । आज आइतबार सुनको मूल्य एकैपटक तोलामा रु ६ हजार ९०० रुपैयाँ घटेको छ । 

जसअनुसार आज सुन तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा डेढ सयले घटेर ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update