सामान्य बढ्याे सुन चाँदीको मूल्य
काठमाडौं, मंसिर १ । आज सोमबार सुनको मूल्य सामान्य बढेको छ । आइतबार एकै दिन ६ हजार नौ सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ५०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४३ हजार ३०० रूपैयाँ कायम भएको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा रु २० रूपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार १५५ रूपैयाँ कायम भएको छ । आइतबार ३ हजार १३५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

