Kath Khabar
नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि भव्य रूपमा सुरु हुँदै
Photo : NPL

                            काठमाडौं, मंसिर १ । नेपाली क्रिकेटकै लोकप्रिय नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि भव्य रूपमा सोमबारबाट सुरु हुँदैछ । फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि भव्य रूपमा हुन लागेको हो । 

एनपीएल प्रतियोगिताको उद्घाटन आज दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ । उद्घाटन खेलमा आज  डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ । 

डिसेम्बर १३ (मंसिर २७) सम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन प्ले-अफ र फाइनल सहित कुल ३२ खेल हुनेछन् । यस सिजनमा एकल राउन्ड-रोबिन ढाँचा अन्तर्गत कुल ३२ खेल खेलाइनेछ, त्यसपछि एलिमिनेटर र दुई क्वालिफायरहरू हुनेछन् । पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्स छन्। 

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यस पटक १०,००० दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ । प्यारापिट र फ्लडलाइटले स्तरोन्नति गरिएपछि दोस्रो संस्करण क्रिकेट प्रशंसकहरूमाझ उत्साहको थप स्रोत बनेको छ । फ्लडलाइटको व्यवस्थासँगै, खेलहरू अन्य अन्तर्राष्ट्रिय रंगशालाहरू जस्तै दिनमा भन्दा रातमा सञ्चालन हुनेछन् । दर्शकले फ्लडलाइटको उज्यालोमा सिटमै बसेर क्रिकेटको मज्जा लिन सक्नेछन् । प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।यसैगरी भीआईपीतर्फ तीन हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । त्यसैले त्रिवि मैदानमा १३ हजार दर्शकले खेल हेर्न सक्नेछन् । 

क्यानले प्रतियोगिताको विजेतालाई १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिएको छ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

क्यानले गत बिहीबार जारी गरेको विज्ञप्ति अनुसार  उद्धघाटन दिनको खेलमा सामान्यका लागि ५०० र भिआइपीका लागि १५०० तोकिएको छ । लिग खेलका लागि सामान्यतर्फ ५०० र भिआइपीका लागि १००० रुपैयाँ तोकिएको छ । यस्तै प्लेअफ र फाइनल खेलका लागि सामान्यतर्फ १००० भिआइपीका लागि २००० टिकट दर तोकिएको छ । क्यानले प्रतियोगिताभरका लागि सिजनल‌ पासको पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ ।  

क्यानले यस पटक एनपीएलबाट ४० करोड रुपैयाँ कमाउने अपेक्षा गरिएको छ, यो साझा गरिएको छ । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर एच डि म्याक्स टिभी र स्टार स्पोर्ट्स टिभी बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update