जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डुको विजयी सुरुवात
काठमाडौं, मंसिर १ । सोमबारदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले विजयी सुरुआत गरेको छ । जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाण्डु गोर्खाजले विजयी सुरुवात गरेको हो ।
टस हारेर पहिले ब्याटिङको लागि निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जवाफमा काठमाडौं गोर्खाजले ओपनर बेन चार्ल्सवर्थको २३ बलमा पाँच चौका र तीन छक्का सहितको तीव्र गतिको ४६ रनको मद्दतमा १८ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशाेर महताे, ललितनारायण राजवंशी, जान निकाेल लफ्टी इटाेन र सञ्जय कृष्णमुर्तीले समान एक विकेट लिए ।
काठमान्डुका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चाैका र ३ छक्काे मद्दतले सर्वाधिक ४६ रनकाे याेगदान गरे । यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जाेहन सिम्पसनले १३ रन बनाए । काठमाडौं गोर्खाजका मिलिन्द कुमारले सर्वाधिक तीन विकेट लिए।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ २१:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

