Kath Khabar
एनपीएलमा आज दुई खेल हुँदै, पहिलाे खेलमा चितवन राइनाेज र कर्णाली याक्स भिड्दै
तस्विर : एनपीएल

                                काठमाडौं, मंसिर २ । सोमबारदेखि कीर्तिपुरमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली राइनोज भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे हुने शुरू हुनेछ । चितवन राइनोजका कप्तान कुशल मल्ल रहेका छन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् ।

यस्तै, आज हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । विराटनगरको कप्तानी सन्दीप लामिछाने र पोखरा एभेन्जर्सको कुशल भुर्तेल रहेका छन् ।

सोमबार भएको उद्घाटन खेलमा काठमाडौं गुर्खाजले गत वर्षका विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

यस पटक एनिपएलमा आठ फ्रेन्चाइज टोलीहरू प्रतिस्पर्धा गरिरहेका छन्, गत वर्षका विजेता जनकपुर बोल्ट्स, उप-विजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स रहेका छन् । 

मङ्सिर २७ सम्म हुने यस प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update