सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं, मंसिर ४ । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु ७ सय रुपैयाँले बढेको छ ।
यसअनुसार आज सुनको भाउ तोलामा २ लाख ४३ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बुधबार २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी पनि रु ३५ ले बढेको छ । यसअनुसार आज चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ कायम भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ १२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

