काठमाडौं, मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज टियु क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
पोखरा एभेन्जर्स टोलीको नेतृत्व कुशल भुर्तेलले गरिरहेका छन् भने दीपेन्द्र सिंह ऐरीले सुदूरपश्चिम रोयल्सका कप्तानी गरिरहेका छन् ।
पोखरा एभेन्जर्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै खेलाडीहरू छन् जसमा आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।
त्यस्तै, सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।

