म्यानचेस्टर सिटीको सानदार जित
काठमाडौं, भदौ ३१ । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ। बिहीबार बिहान भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिग ६–३ गोल अन्तरले हरायो।
एकतर्फी बनेको खेलमा सिटीले खेलको १६ औं मिनेटमा अग्रता लियो । खेलेको २८ औं मिनेटमा मुकिइले आत्मघाती गोल गर्दा सिटीको अग्रता दोब्बर बनाउनु भयो। ४२ मिनेटमा लाइपजिगका लागि एनकुन्कुले गोल फर्काउनु भयो।
पहिलो हाफको इन्जुरी टाइममा रियाद महारेजले पेनाल्टीबाट गोल गर्नु हुदै सिटीलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाउनु भयो ।
दोस्रो हाफमा सिटीका लागि ग्रेलिसले ५६, कान्सेलोले ७५ र जेससले ८५ मिनेटमा गोल गर्नुभयो । लाइपजिगका एनकुन्कुले ५१ र ७३ मिनेटमा थप दुई गोल गर्नुहुदै ह्याट्रिक गुर्नभयो।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८ ०८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय