Kath Khabar
नेपाल भर्सेस अमेरिका अपडेटः टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पायो, गुल्सन झाको डेब्यु

काठमाडौँ, असोज १। विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

नेपालबाट तीब्र गतिका बलर गुल्सन झाले डेब्यु गर्नुभएको छ । उहाँले विक्रम शोबलाई प्रतिस्थापन गर्नुभएको हो । खेल ओमानस्थित अल अमारत क्रिकेट मैदानमा सवा चार बजेबाट सुरु हुनेछ । जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा अमेरिकासँग दोस्रो र समग्रमा चौथो खेल खेल्दैछ । पहिलो खेलमा अमेरीकालाई ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग समान ५ विकेटको हार ब्यहोरेको थियो ।

पहिलो खेलमा अमेरिकालाई हराउँदा नेपाली टिमको बलिङ र ब्याटिङमा मध्यम प्रदर्शन भएको थियो । तर ओमानविरुद्धको खेलमा नेपालले निकै सहज रुपमा हार ब्यहोरेको थियो । पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने मनसायमा रहेको अमेरिकी टिमका दुई मुख्य खेलाडी घाइते हुनुले पनि उनिहरुलाई केहि घाटा भएको छ । उहाँका उपकप्तान आरोन जोन्स र तिब्रगतिका बलर जेसी सिंह पहिलो खेल अगाडी नै घाइते हुनुभएकाले टिमलाई केहि नोक्सानी भएका थियो ।

यता ओमानविरुद्धको खेलमा पेटको समस्याका कारण बलिङ गर्न नपाउनु भएका सन्दिप लामिछाने पनि  खेलमा पुर्ण फिट भएर उत्रिनुहुनेछ । यसअघिका तीनै खेलमा नेपालले जित निकालेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update