Kath Khabar
नेपालको कम्जोर ब्याटिङ, अमेरिका सामु एक सय ७५ रनको मध्यम लक्ष्य

काठमाडौं, असोज १ । विश्वकप लिग टु अन्तगर्त त्रिकोणात्मक सिरिजको जारी खेलमा नेपालले अमेरिका सामु एक सय ७५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेल्नुभयो ।

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरको समाप्तिमा सबै विकेट गुमाएर एक सय ७५ रनको योगफल बनाएको थियो । कम्जोर ब्याटिङ गरेको नेपालका पाँच खेलाडीले दोहोरो रन बनाउन सकेनन्।  कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । उहाँको ओडीआइमा यो तेस्रो अर्धशतक हो । १ सय ५ बल खेल्नुभएको उहाँले तीन चौका प्रहार गर्नुभएको थियो । यो सँगै उहाँ नेपालबाट ओडिआइमा सर्वाधिक धेरै रन बनाउने खेलाडी बन्नुभएको छ ।

ज्ञानेन्द्रले यो अर्धशतक सहित १५ खेलमा एक हजार ३ सय ६६ रन बनाउनु भएको छ । यस अघि पुर्व कप्तान पारस खड्काले १० खेलमा एक हजार तीन सय १५ रन बनाउनुभएको थियो । नेपालको सुरुवात राम्रो हुन सकेन् । १४ ओभरको समाप्तीमा तीन विकेट गुमाएर ६३ रन बनाएको थियो । तेस्रो ओभरमै ओपनर आशिफ शेख आउट हुनुभयो । यसै खेलबाट डेब्यु गर्नुभएको केएल फिलिपले मात्र तीन रन बनाउँदा आशिफ पेभेलियन फर्कनुभएको हो । एघार दशमलव तीन ओभरमा नेपालले दोस्रो विकेट गुमायो । अर्का ओपनर कुशल भुर्तेलले ३६ रन बनाउनुभयो । अन्तिम ६ विकेट नेपालले मात्र ३४ रन बनाउँदा गुमेको थियो ।

 ३८ ओभरमा नेपालले दुई विकेट गुमाएको थियो । अमेरिकाका कप्तान शौरभ नेत्रावाल्करले ३८ दशमलव दुई आभेरमा गुल्सन झाको विकेट लिनुभयो । आजै राष्ट्रिय टिमबाट डेब्यु गर्नुभएका गुल्सनले २८ रन जोड्नुभएको थियो । उहाँले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ५१ रनको साझेदारी गरि टिमलाई सम्मानजनक स्कोर तर्फ डोहोर्‍याउनु भएको थियो । सोही ओभरको पाँचौ बलमा कुशल मल्ल खाता खोल्नै नपाई बाहिरिनुभयो । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्नुभयो । बलिङ तर्फ शौरभले सर्वाधिक चार विकेट लिँदा केएल फिलिपले तीन विकेट लिनुभयो । अहिले दोस्रो इनिङ चलिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update