
काठमाडौं, असोज २ । विश्वकप लिग टु मा टुमा नेपालले अमेरिकासँग पहिलो पटक हार ब्येहोरेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग ६ विकेटको लज्जास्पद हार ब्येहोरेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेल्नु भएपनि हार भने टार्न सक्नु भएन ।
ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरको समाप्तिमा सबै विकेट गुमाएर एक सय ७४ रनको योगफल बनाएको थियो । कम्जोर ब्याटिङ गरेको नेपालका पाँच खेलाडीले दोहोरो रन बनाउन सकेनन्। कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।
उहाँको ओडीआइमा यो तेस्रो अर्धशतक हो । १ सय ५ बल खेल्नुभएका उहाँले तीन चौका प्रहार गर्नुभएको थियो । यो सँगै उहाँ नेपालबाट ओडिआइमा सर्वाधिक धेरै रन बनाउने खेलाडी बन्नुभएको छ । ज्ञानेन्द्रले यो अर्धशतक सहित १५ खेलमा एक हजार ३ सय ६६ रन बनाउनु भएको छ । यसअघि पुर्व कप्तान पारस खड्काले १० खेलमा एक हजार तीन सय १५ रन बनाउनुभएको थियो । नेपालको सुरुवात राम्रो हुन सकेन् । उसले १४ ओभरको समाप्तीमा तीन विकेट गुमाएर ६३ रन बनाएको थियो । तेस्रो ओभरमै ओपनर आशिफ शेख आउट हुनुभयो । यसै खेलबाट डेब्यु गरेका केएल फिलिपले मात्र तीन रन बनाउँदा आशिफ पेभेलियन फर्कनु भएको हो ।
एघार दशमलव तीन ओभरमा नेपालले दोस्रो विकेट गुमायो । अर्का ओपनर कुशल भुर्तेलले ३६ रन बनाउनुभयो । अन्तिम ६ विकेट नेपालले मात्र ३४ रन बनाउँदा गुमेको थियो । ३८ ओभरमा नेपालले दुई विकेट गुमाएको थियो । अमेरिकाका कप्तान शौरभ नेत्रावाल्करले ३८ दशमलब दुई आभेरमा गुल्सन झाको विकेट लिनुभयो । आजै राष्ट्रिय टिमबाट डेब्यु गर्नुभएका गुल्सनले २८ रन जोड्नुभएको थियो । उहाँले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ५१ रनको साझेदारी गरि टिमलाई सम्मानजनक स्कोरतर्फ डोहोराउनु भएको थियो। । सोही ओभरको पाँचौ बलमा कुशल मल्ल खाता खोल्नै नपाइ बाहिरिनुभयो । ओपनर कुशल भुर्तेलले ३६ रन जोडे । बलिङ तर्फ शौरभले सर्वाधिक चार विकेट लिँदा केएल फिलिपले तीन विकेट लिनुभयो ।
जवाफमा एक सय ७५रनको लक्ष्य अमेरिकाले चार विकेटको क्षतिमा २९ दशमलव तीन ओभरमा पुरा गर्यो । खराब सुरुवात गरेको उसले २२ रन बनाउँदा दुई विकेट गुमाएको अवस्थाबाट खेलमा पुनरागमन गरेको हो । अमेरिकाका लागि भेट्रान खेलाडी स्टेभन टेलरले ९२ रनको अर्धशतकीय पारी खेल्नु भयो । मोनांक पटेलले ३८ र जसकरण मलोत्राले ३६ रन जोड्नु भयो ।