
काठमाडौं, असोज २ । विश्व फुटबलका महान् खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । पेट आन्द्राको ट्युमर शल्यक्रिया पछि पनि विशेष हेरबिचारका लागि उहाँलाई अस्पताल समेत भर्ना गरिएको थियो । उहाँको शल्यक्रिया ब्राजिलस्थित साओ पाउलो अल्बर्ट आइन्सटान अस्पतालमा भएको थियो । शल्यक्रियापछि हुन सक्ने खतरालाई मध्यनजर गरि उहाँको विशेष स्याहारका लागि पुन भर्ना गरिएको अस्पतालले बताएको छ ।
८० वर्षिय पेलेकी छोरी केली नास्कीमिन्टोका अनुसार बुधबार घर फर्किनुभएका पेलेको स्वास्थयमा क्रमिक सुधार आएको र घरमै स्याहार गरिरहेको छ । साथै उहाँले मिडियालाई अपवाह नफैलाउने समेत आग्रह गर्नुभएको छ । पछिल्लो समय पेलेका स्वास्थ्य चिन्ताको विषय बनेको छ । २०१५ मा उहाँ ६ महिनामा दोसा्रे पटक अस्पताल भर्ना हुनुभएको थियो । त्यसपछि २०१९ मा पनि युरिनेरी इन्फेक्सन भएकाले फेरी उहाँलाई भर्ना गरिएको थियो । पेले ब्राजिलका सर्वाकालिन सर्वश्रेष्ठ गोलकर्ता हुनुहुन्छ । उहाँले ब्राजिलबाट ९२ खेलमा ७७ गोल गर्नुभएको छ ।
तीन पटकका विश्वबिजेताको यो रेकर्ड केही समय अखि अर्जेन्टाइन स्टार लियोनल मेस्सी तोड्नु भएको थियो । उहाँले विश्वकप छनौटअन्तगर्त बोलिभिया विरुद्ध ह्याट्रिक गरि आफ्नो गोल संख्या ७९ पुराउनुभएको हो ।