Kath Khabar
नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, असोज २ । एएफसी एसियाकप छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला टोलीले पराजय ब्येहोरेको छ । उज्वेकिस्तानको तास्केन्तमा भएको खेलको सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्सकसँग दुई एक गोलले पराजित भएको हो ।

समुह एफ अन्तर्गत भएको खेलको पहिलो हाफमा नेपालले एक सुन्य गोलको अग्रता बनाएको थियो । खेलको १० औँ मिनेटमा बिमला चौधरीले नेपाालको खाता खोल्नुभएको थियो । नेपाल भन्दा ३३ औ वरियतामाथि रहेको फिलिपिन्सले खेलको अन्त्य तिर दुई गोल गरेको थियो तर त्यसको ६ मिनेटपछि उहाँ घाइते हुँदै मैदानबाट बाहिरिनुभएको थियो ।

डिफेन्डर बिमला विकले यो खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्नुभएको छ । उहाँले खेलको ६३ औँ मिनेटमा पुजा रानालाई प्रतिस्थापन गर्नुभएको हो। निर्धारित समयको अन्तिम मिनेट र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि फिलिपिन्सले नतिजा आफ्नो बनाएको हो । यो जितपछि तीन अंक जोडेको फिलिपिन्स पहिलो स्थानमा उक्लेको छ ।

नेपालले मंगलबार आफेनो दोस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । यदि हङकङ हराए नेपालको एसियन कपमा छनौट हुने सम्भावना जिवितै रहनेछ । एसियन कप खेलेको खण्डमा नेपालको विश्वकप छनौट यात्रा पनि अघि बढ्नेछ । 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update