Kath Khabar
एभरटनको अपराजित यात्रालाई  भिल्लाले रोक्यो

काठमाडौं, असोज ३ । इंग्लिस प्रिमियर लिगमा एभरटनको अपराजित यात्रालाई एस्टन भिल्लाले रोकेको छ। शनिबार भएको खेलमा एस्टन भिल्लाले एभरटनलाई   ३–० ले पराजित गरेको छ । भिल्लापार्कमा भएको खेलको दोस्रो हाफको ९ मिनेटको अन्तरमा तीन गोल निस्केको हो ।

म्याटी क्यासको गोलमा अग्रता लिएको भिल्लाका लागि दोस्रो गोल आत्मघाती थियो । खेलको ६६ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै भिल्लालाई अग्रता दिलाउनु भएको थियो  । त्यसको तीन मिनेटपछि बेलीको कर्नरमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि एस्टन भिल्लाले २–० को अग्रता बनायो ।

त्यसपछि ७५ औं मिनेटमा लियोन बेलीले गोल गर्दै भिल्लालाई ३–० को जित दिलाउनु भयो । जितपछि ५ खेलबाट ७ अंक जोडेको  भिल्ला दशौँ स्थानमा उक्लेको छ  । हारपछि एभरटन १० अंकमा सीमित रह्यो ।

यसअघि लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले हराएको थियो । यो जितपछि टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । लिभरपुलको पाँच खेलबाट १३ अंक पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update