इन्टरको ६ गोलद्धारा बोलोग्ना पराजित
काठमाडौं, असोज ३ । इटालीको सिरी ए मा शनिबार भएको खेलमा इन्टर मिलानले बोलोग्नालाई ६–१ ले हराएको छ । इन्टरका लागि एडिन जेकोले दुई गोल गर्नुभएको थियो। इन्टरका लागि जेकोले ६३औं र ६८औं मिनेटमा गोल गर्नु भएको थियो । त्यसअघि लाउटारो मार्टिनेजले छैटौं, मिलान स्क्रिनरले ३०औं, निकोलस बरेलाले ३४औं र माटियास भेसिनोले ५४औं मिनेटमा गोल गर्नु भएको थियो ।
बोलोग्नाका लागि ८६औं मिनेटमा आर्थर थियटेले सान्त्वना गोल फर्काउनु भयो।
टिमका प्रमुख खेलाडी रोमेलु लुकाकुलाई गुमाएको इन्टरले प्रशिक्षक सिमोन इन्जाघीको नेतृत्वमा आफ्नो सुखद सुरुआत कायम राखेको छ । इन्टर अंक तालिकाको शीर्ष स्थानमा छ ।
इन्टरको चार खेलबाट १० अंक भएको छ । सुरुआती चार खेलमा १६ गोल गरेको इन्टरले सन् १९६०–१९६१ यता सबैभन्दा उत्कृष्ट सुरुआत लिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८ ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय