Kath Khabar
विश्वकप लिग टुः नेपालले ओमान विरुद्ध पहिले बलिङ गर्ने, शरद र आरिफको पुनरागमन


काठमाडौं, असोज ३ । विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ  । नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

अल अमारत क्रिकेट मैदानमा सवा चार बजे सुरु हुने खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ । कुशल मल्ल र गुल्सन झा बाहिरीएका छन् भने शरद भेषवाकर र आरिफ शेख टिममा फर्किनु भएको छ । अघिल्ला तीन खेलमा नेपालले एकमा जित निकाल्दा बाँकीमा पराजय ब्येहोरेको थियो । नेपालले सिरिजको आफ्नो पहिलो खेलमा अमेरिकामाथि पाँच विकेटको शानदार जित हात पारेको थियो ।

त्यसपछि अ‍ोमानसँग पाँच विकेटले नै पराजित नेपाली टोली अमेरिकासँगको दोस्रो खेलमा ६ विकेटको हार ब्येहोरेको थियो । सो खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेल्नु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक थिएन । विश्व कप लिग टु अन्तर्गत नेपालले त्रीवी मैदान किर्तीपुरमा २०७६ माघमा डेब्यु गरेको थियो । सो सिरिजमा पनि ओमानले नेपाललाई दुवै खेलमा सहज रुपले हराएको थियो । साथै नेपालबाट  प्रशिक्षक डेभ वाटमोरको पनि अन्तिम खेल हो । उहाँले ओमानमा पुगेपछि  नै  नेपाल क्रिकेट संघ क्यानलाई आफ्नो राजिनामा दिइसक्नु भएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update